३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीको भ्रमणपछि युएईमा एमाले कार्यकर्तालाई छानीछानी कारवाही! नेपाली श्रमिक त्रसित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गणेश जोशी

युएई, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणपछि युएईमा नेपाली श्रमिक मर्कामा परेका छन् ।

प्रधानमन्त्री प्रचण्डले युएईको भ्रमण सकेर नेपाल फर्कने क्रममा युएई मन्त्रालयमा उच्च ब्यक्तित्वसंग लिएका केही तस्बिर र भिडियो इडिट गरी फेसबुक र ट्वीटरमा भाइरल बनेको थियो ।

भाइरल बनेको केही समयपछि युएईमा कार्यरत माओबादी केन्द्र निकट कार्यकर्ताले भिडियो इडिट गरी फोटो अपलोड गर्ने ब्यक्तिलाई खोजी खोजी कार्वाही गर्ने चेतावनी दिए ।

प्रतिपक्षी दल नेकपा एमाले युएईका कार्यकर्ताले फोटोलाई अपलोड गरेर भाइरल बनाएको उनीहरूको आरोप छ ।

युएई सरकारले देशको उच्च ब्यक्ति युएई आउँदा फोटो भाइरल बनाउनेलाई कारबाही गरिने आश्वसन दिएको खबर प्रकाशित भएपछि नेपाली श्रमिक त्रसित बनेका हुन् ।

कारवाही पर्ने भनिएका अधिकांश श्रमिक युएईका बिभिन्न शहरमा कार्यरत छन् । जसमध्ये माधव प्रसाद गैरे, सुजन पाठक, अनु श्री, मोहन बोहरा, अमृत ओली, राजेश मिश्र र सुरज किराती रहेका छन् । बिरेन्द्र ओली, सुबाश शर्मा, मोहराज शर्मा, बिजय रिजाल, अन्जान यात्री, महेन्द्र थुलुङ, उमेश भट्टराई, गंगा घिमिरे, डिबी बुडाथोकी, राजन तिर्थ भट्टराई, उमा शाही ठकुरी, अपरिचित यात्री, ईन्द्र न्यौपाने, सुकदेब रिसाल सहितका ब्यक्तिहरू कारवाहीको सूचीमा रहेको समाचार मूलखबर डटकमले छापेको छ ।

युएईमा नेपालीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ।

कारबाहीको सूचीमा रहेकालाई खोजी खोजी कारबाही गरिने युएई सरकारले बताएको सामाचार बाहिर आएपछि युएईमा कार्यरत श्रमिकमा त्रास फैलिएको हो ।

शंकाको भरमा नेकपा एमाले निकट प्रवाशी नेपाली मञ्चमा आबद्ध अधिकाश यूवाहरूलाई खोजीकार्य गरिनु अत्यन्तै खेदजन्य कार्य भएको प्रवासी नेपाली मञ्चका महासचिब भेषराज ढकालले दैनिक नेपाललाई बताए ।

बिना प्रमाणमा आधारमा आफ्ना कार्यकर्ताहरूको चरित्र हत्या गरि आरोप लगाइएको प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कडेलले बताए ।

आफू नेकपा एमालेको कार्यकर्ता भएकै कारणले खोजी कार्य गरिएको र प्रमाण ल्याएर आए कारवाही भोग्न तयार रहेको बताउँदै आफूलाई बिना प्रमाणका आधारमा आरोप लगाउने ब्यक्तिलाई पनि कारबाही गरिनुपर्ने खोजीको सूचीमा रहेका राजन तिर्थ भट्टराइले बताए ।

दिनभर रोजगारीको सिलसिलामा युएईका सहरमा काम गर्ने युवाहरू कार्बाहीको लिष्टमा देखिदा त्रसित बनेका हुन् ।