१९ कार्तिक २०८३, बिहिबार

सहकारीको सेफ चोरीका फरार अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ माघ । गत भदौमा ललितपुरको बज्रबराही झरुवारासीमा रहेको सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट सेफ तथा अन्य कागजात चोरी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर फाखेल–६ का कुमार भन्ने २७ वर्षीय निङमा लामा र सोही ठाउँका ३० वर्षीय पेमा लामालाई पक्राउ गरेको छ । सहकारीको सेफ चोरी गरेर ना. १ ज. ३९४८ नम्बरको टाटा मुसोमा जाँदै गरेका बेला प्रहरीसंगको मुखभेटमा दोहोरो फायरिङपछि उनीहरु फरार भएका थिए ।