ओस्लो: विवेकशील नेपाली नर्वेको प्रथम वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।
विवेकशील नेपाली युरोपकी संयोजक कर्मा लामा तामांगको प्रमुख अतिथ्यमा तथा विवेकशील नेपाली नर्वेका अध्यक्ष दीपकको सभापतित्वमा अधिवेशन सम्पन्न भएको छ । नर्वेस्थित विभिन्न राजननीतिक तथा गैर राजनीतिक संघ संस्थाका अध्यक्ष/ प्रतिनिधिहरूका बिच कार्यक्रम उद्घाटन गरिएको थियो । ओस्लोको रोम्सोसमा जनवरी १५ तारिख आइतबार दिउसो १ बजेबाट कार्यक्रम सुरु भई साँझ ६ बजे समापन गरिएको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका हरि पाठक, नेपालिज स्टुडेण्ट सोसाइटि इन ओस्लो का नवीन न्युटन, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेका कृष्ण श्रेष्ठ, नोर्गे नेपाल फरेनिंगका ईस्मिता मल्ल, नेपालिज स्टुडेण्ट सोसाइटि इन ओस्लोका अर्जुन ढकाल, नेपालिज सोसाइटि इन इस्टाभान्गरका सागर काफ्ले, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका खुम ढकाल, ओभरसिज नेपाली फोरमका अमर सिंह, जन सम्पर्क समितिका सुदिप राज पाण्डे, गैर नेपाली आवासीय संगठनका सालिग्राम अर्याल र सोही संगठनका अध्यक्ष कुमार पण्डितले शुभकामना मन्तव्य तथा आ-आफ्नो विचार राखेका थिए । साथै कार्यक्रममा विवेकशील नेपाली नर्वेका उपाध्यक्ष डिपी न्यौपानेले संगठनको विगत र भावी योजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संगठनको वार्षिक आय-व्यय संगठनका कोषाध्यक्ष माधव काफ्लेबाट प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कर्मा लामा तामांगले विवेकशील नेपालीको इतिहास, वर्तमान अवस्था र राष्ट्र निर्माणमा युवाको भूमिकाको बारेमा आफ्नो बिचार राखेकी थिइन । कार्यक्रममा नेपाली मौलिक र संस्कृतिक झल्कने नाचहरु प्रस्तुत गरिएको थियो । अध्यक्ष महतले वार्षिक साधारण सभा भव्य र सब्य रूपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै पृथक राजनीतिक शक्तिको रूपमा सुसंस्कृत राजनीति र उद्यमशिल समाज निर्माणमा विवेकशिल नेपाली प्रतिबद्ध रहेको बताएका थिए ।
















प्रतिक्रिया