
काठमाडौं, ५ माघ । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले लागूऔषध मुद्दामा फरार भएका एक प्रतिबादीलाई पक्राउ गरेको छ । २०६६ सालमा जिल्ला अदालत काठमाण्डौले लागूऔषध मुद्दामा कार्वाहीको फैसला सुनाइएका नुवाकोट बुङ्ताङका २५ वर्षीय कृष्णबहादुर तामाङलाई पक्राउ गरेको हो ।
सात वर्षदेखि फरार रहेका प्रतिबादी तामाङलाई प्रहरीले मंगलबार काठमाडौं बसन्तनगर बालाजुबाट पक्राउ गरेको छ । अदालतले उनलाई दुई बर्ष कैद र रु. १० हजार रुपैयाँ जरीवानाको सजाय सुनाएको थियो ।
प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । तामाङ्ग २०५७ भदौमा अन्य मानिसलाई भरिया बनाई लागूऔषध कारोबार संलग्न भएको अनुसन्धानबाट खुलेको थियो ।












प्रतिक्रिया