१९ कार्तिक २०८३, बिहिबार

सीमाक्षेत्रबाट एकै दिनमा चार बालकसहित ६ जनाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), ४ माघ । बैदेशिक रोजगारीका लागि भारततर्फ जाने क्रममा कपिलवस्तुको कृष्णनगरबाट एक संस्थाले एकै दिनमा ६ जनाको उद्धार गरेको छ ।

मानव अधिकारको क्षेत्रमा कार्यरत शान्ति पुनस्र्थापना गृहले सीमाक्षेत्रबाट चार बालक र दुई किशोरीको उद्धार गरेको हो । कामको लागि भारतको दिल्ली जान भनी घरबाट भागेर हिँडेका प्यूठानका चार बालकलाई पीआरसीले भारत प्रवेशमा रोक लगाएको कार्यक्रम संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उद्धार गरिएका बालकहरुमा प्यूठान मरनठाना नगरपालिका १७ का १० वर्षीय अस्मिर के.सी., सोही ठाउँका १३ वर्षीय सुशिल गिरी, बर्ष १५ का सन्जु केसी र हिमाल परियार रहेको संयोजक भट्टराईले बताउनुभयो । उद्धार गरिएका चारै जना बालकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा सोधपुछपछि परिवारको जिम्मा लगाई घर फिर्ता पठाएको भट्टराईले बताउनुभयो । घरबाट पैसा चोरेर विद्यालय पढ्न हिँडेका बालकहरु धन कमाउन भारतको दिल्ली जान लागेको बुझिएको छ ।

यसैबीच दिल्ली जान लागेका दुई किशोरीलाई समेत पीआरसीले सीमाबाट उद्धार गरेको छ । सिन्धुपाल्चोककी २२ बर्षीय शान्ति (नाम परिवर्तन), सोलुखुम्बुकी १८ वर्षीय विनिता (नाम परिवर्तन) लाई संस्थाले सीमाबाट उद्धार गरेको हो । सोधपुछ गर्दा शंकास्पद लागेर किशोरीहरुलाई रोकेर राखेको पीआरसी संयोजक भट्टराईले जानकारी दिनुभयो । उद्धार गरिएका किशोरीहरुलाई संस्थाको पुनस्र्थापना केन्द्रमा राखिएको भट्टराईले जनाउनुभयो ।

यसैगरी दुई दिनअघि संस्थाले धनको प्रलोभनमा परी भारतको बाटो हुँदै तेस्रो मुलुक जान लागेका दुई किशोरीहरुलाई उद्धार गरी परिवारको जिम्मा लगाई घर फिर्ता गरिसकेको छ ।