१९ कार्तिक २०८३, बिहिबार

राजधानीको मित्रपार्कमा महिलाले गरिन आफ्नै श्रीमानको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क घर भई गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले सोमबार ४२ वर्षीय श्रीमान सुमन तामाङलाई आपसी विवादमा तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएकोले हेल्पिङ ह्याण्ड अस्पताल चाविहल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।