काठमाडौं, ३ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले खैरेनिटारस्थित श्री नं. ३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा क्षत्रीले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । सोही अवसरमा वहाँले नेपाली सेनाको श्री सैनिक कल्याणकारी योजना निर्देशनालयद्वारा खैरेनीटारमा नवनिर्मित ‘रिपुमर्दिनी पेट्रोल स्टेशन’ तथा उक्त बाहिनी अड्डा परिसरमा निर्माण भएको ‘सैनिक परिवार आवास गृह’ को समुद्घाटन गर्नुभएको थियो ।
त्यसैगरी, वहाँ आजै तनहुँस्थित श्री नं.३ राजदल गणको वार्षिकोत्सव कार्यक्रममा सरिक हुनु भई सोही गणमा मुकाम रहनु हुने र भोलि पर्वतस्थित श्री रणदल गुल्मको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया