१९ कार्तिक २०८३, बिहिबार

आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखरमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा फर्फराएका छन् । गएको पुस २० गते तदनुसार ४ जनवरी २०१७ मा उनले उक्त झण्डा फर्फराएका हुन् ।

अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो ।

पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथा सहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा फहराउन सफल भएका छन् ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,२०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।