१ कार्तिक २०८३, आइतबार

ओलीलाई बाबुरामको चुनौति- भारतीय हस्तक्षेप रोक्ने उपाय के छ ? हामी पनि हेर्छौं

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भारतीय हस्तक्षेप रोकेर देखाउन चुनौति दिएका छन् । उनले ओलीमाथि जनतालाई भ्रममा पारेर ‘ओलीजम’ लाद्न खोजेको आरोप लगाए ।

भारतमाथिको परनिर्भरतालाई अन्त्य गर्न सिन्को नभाँच्ने र कुनै कार्यक्रम पनि नल्याउने तर विरोध मात्रै गर्ने काम ओलीले गरिरहेको आरोप लगाउँदै बाबुरामले भने- ‘यो नेपालको हितमा छैन ।’

‘जहाँसम्म भारतीय हस्तक्षेपको कुरा छ, अमूक नाकाबन्दीसँग मात्रै जोडेर यसलाई हेर्न हुँदैन । यो सुघौली सन्धीदेखिकै निरन्तरता हो, जुन बेलाबखत प्रकट हुन्छ,’ उनले भने- ‘म त सुगौली सन्धीदेखिकै परनिर्भरता अन्त्य गर्नुपर्छ भनेर लड्दै आएको मान्छे हुँ । ओलीजीसँग यसको के समाधान छ ?’

नेपाल आर्थिकरुपमा भारतको अर्धउपनिवेशका रुपमा गाँसिन पुगेको र आर्थिकरुपले क्रमशः झन बढी आर्थिक परनिर्भर हुनुपुग्दा त्यसकै परिणाम स्वरुप नाकाबन्दी भएको भन्दै बाबुरामले सच्चा देशभक्त र राष्ट्रवादीले यसलाई बदल्नेतिर लाग्नुपर्नेमा जोड दिए ।

भारतमाथिको परनिर्भरतालाई अन्त्य गर्न सिन्को नभाँच्ने र कुनै कार्यक्रम पनि नल्याउने तर विरोध मात्रै गर्ने काम ओलीले गरिरहेको आरोप लगाउँदै बाबुरामले भने- ‘यो नेपालको हितमा छैन ।’

आफ्नो एक अन्तर्वार्तामा उनले ओलीसहितका अन्य नेताहरुलाई इङ्गित गर्दै पुराना राजनीतिक शक्ति र नेताहरुले आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर जानुको सट्टा उल्टो काम गरिरहेको बताए । बर्तमान अवस्थामा उत्पन्न परिस्थिती बाह्य शक्तिबाट भएको भनेर भ्रम छर्ने र जनतालाई आफ्नो पछि लगाउने काम भएको उनले आरोप लगाए ।

अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्पइजम’ चलाएजस्तै नेपालमा एउटा पात्रमार्फत ‘ओलीजम’ प्रवृति हावी भएको उनले बताए । जसलाई उनले घातक प्रयास भनेका छन् ।

ठूलो संघर्षपछि लोकतान्त्रिक गणतन्त्र आएको भन्दै उनले राजनीतिक परिवर्तनसंगै आर्थिक, सामाजिक र सांस्कृतिक लाभ लिन नसकिएकाले जनतामा वितृष्णा पैदा भएको बताए । यहि जनताको बेचैनीमाथिको फाइदा उठाएर ‘ओलीजम’ प्रवृति हावी भएको उनको विश्लेषण छ ।

भट्टराईले यसअघि सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओलीको बढ्दो लोकप्रियतालाई इंगित गर्दै नेपालमा ‘ओलीज्म’को हावा बग्ने खतरा रहेको बताएका थिए ।

यो पनि पढ्नुस्ः

केपी ओलीको लोकप्रियताले आत्तिए बाबुराम!