– सन्तोष यादब
सिरहा, ३ माघ । सिरहाको गोलबजार नपा ६ स्थित ईलाका प्रहरी कार्यालयको भवन अब चाँडै निर्माण हुने भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले आज एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् । महानिरीक्षक अर्यालले हिन्दु परम्परा अनुसार पंडितबाट भवनको शिलान्यास गरे ।
भवन शिलान्यास कार्यक्रमलाई सम्बोन गर्दै महानिरीक्षक अर्यालले नेपाल सरकारको २ करोड ९० लाखको लागतमा सुविधा सम्पन्न ईलाका प्रहरी कार्यालय गोलबजारको भवन निर्माण हुन लागेको जानकारी गराए । उनले भने ठेक्का २ करोड ९० लाखकै लागेको हो । तर तत्काल काम सुरु गर्न ३१ लाख बजेट निकासा दिइएको छ । काम तिब्र गतिमा अगाडी बढ्छ ।
प्रहरीलाई काम गर्ने शैली परिवर्तन गर्न निर्देशन

प्रहरी महानिरीक्षक अर्यालले काम गर्ने शैलीमा परिवर्नन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले काम गर्ने शैली प्रहरीले परिवर्नन गर्नुपर्ने र जनताले प्रहरीप्रतिको धारणा बदल्नुपर्ने धारणा राखे । उनले भने प्रहरीको काम गर्ने शैली परिवर्तन भयो भने प्रहरीलाई हेर्ने दृष्टिकोण जनताको आफै परिवर्तन हुन्छ ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी आफै असुरक्षित हुँदा जनतालाई सुरक्षा दिन नसक्ने बताउँदै प्रहरीको भवन बनाएर पहिले प्रहरीलाई नै सुरक्षित बनाउनुपर्नेमा जोड दिए । उनले देशभर जहाँ जहाँ प्रहरी कार्यालयको भवन छैन्, त्यहाँ अविलम्व भवन निर्माण गर्न पहल जारी राखेको समेत बताएका थिए ।
प्रहरी निरीक्षकको दरबन्दी रहेको ईलाका प्रहरी कार्यालय हाल गोलबजारस्थित भाडाको घरमा सँचालमा रहेको छ । उक्त भवन पनि जिर्ण भइसकेकोले प्रहरी आफै असुरक्षत बनेको प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले बताए । सकभर चाँडो भवन निर्माण हुर्नुपर्ने उनको भनाई छ ।
१० करोडको जग्गा दान
गोलबजार नपा ६ का एक समाजसेवीले करिब १० करोड भन्दा बढी मूल्यको १० कट्ठा जग्गा दान गरेको छन् । उनले ईप्रका गोलबजारका भवन निर्माणका लागि स्थानीय रामप्रसाद साह सुडीले जग्गा दान गरेका हुन् ।
गोलबजारमा जग्गाको मूल्य कासिएकोले जग्गा दान कोही गर्ने आँट गरेका थिएन । तर ८८ बर्षिय सुडीले प्रहरी भवनका लागि जग्गा दान गरेर धेरै ठूलो महानता देखाएको भन्दै प्रहरी महानिरीक्षक अर्यालले खुलेर प्रसंसा गरे । उनले दाता सुडीको छोराछोरीले समेत लाभ पाउने विश्वास व्यक्त गरे ।













प्रतिक्रिया