कतार । ‘गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ नियमित मासिक बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठक सस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि आगामी मार्च ३ तारिखका दिन बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
शुक्रबार सम्पन्न संस्थाको छैठौ नियमित बैठकले उक्त निर्णय गरेको हो ।
कतारमा रहेका नेपालीहरु, बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाटको साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।
बैठकमा बोल्दै अध्यक्ष पाण्डेले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रम आयोजना गर्ने बताए । उक्त दिनमा सम्पूर्ण संघ संस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे ।
उक्त कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरु सहभागी हुन् पाउनेछन् । रोजगारीका सिलसिलामा जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहेका गुल्मेलीहरुलाई गुल्मी सेवा समाज सँग आवद्ध हुन आग्रह गरिएको छ ।
















प्रतिक्रिया