१९ कार्तिक २०८३, बिहिबार

कृष्णपुरको भलमन्सामा लवारीराम चौधरी सर्वसम्मत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आइतबार खोजनी बोजनी (गाउँको साधारण सभा) सम्पन्न भएको छ । कृष्णपुर नगर पालिका–२ मुक्त कमैया वस्तीका भलमन्सा लवारीराम चौधरीको सभापतित्वमा बसेको भेलाले पुनः १६ औ पटकका लागी भलमन्सामा लवारीराम चौधरीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

२०५७ सालमा मुक्त कमैया घोषणा भएदेखी हालसम्म पनि निरन्तर रुपमा लवारीराम चौधरी भलमन्सामा चयन हुदै आएका छन् । यसैगरि सो भेलावाट गुरुवामा सहतिया राना, चौकिदारमा बुझौना चौधरी र धन बहादुर चौरीलाई चयन गरिएको छ । शनिवार बसेको भेलाले गाउँ घरमा सरसफाई गर्ने तथा गाउलाई विजय साल नमुना गाउ बनाउन र गाउका वाटाघाटा मर्मत गर्न वेघारी (श्रमदान) गर्ने निर्णय गरिएको जनहित महाकाली सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले जानकारी दिनुभयो ।

यसै गरि मन्दिरपुर गाउमा आइतबार खोजनी बोजनी कार्यक्रम सम्पन्न भएको छ । बेतकोट नगरपालिका वडा नं.९ स्थित मन्दिरपुर गाउका बडघर भलमन्सा बिन्तीराम डंगौराको संयोजकत्वमा आइतबार बिहान एक भेलाको आयोजना गरी खोजनी बोजनी कार्यक्रम गरिएको हो । भेला बाट गाउको चौकीदरवामा धनीराम डंगौरा, लिखन्दासमा प्रकाश डंगौरा, भन्डरयामा मोहन डंगौरा र सहायक भन्डरयामा कृपाल डंगौरालाई चयन गरिएको कुरा मानव अधिकारकर्मी बिरबहादुर डंगौराले बताउनु भएको छ ।

यसैगरी देखतभुली गाविस वडा नं.९ कटानमा पनि आइतबार खोजनी बोजनी कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायमा बर्षौदेखि चलिआएको परम्परा अनुसार ९ सदस्यीय बडघर भलमन्सा समिति चयन गरिएको छ । जसमा बडघर भलमन्सामा गोपाल चौधरी, सचिवमा बिक्रम चौधरी, र कोषाध्यक्षमा सिताराम चौधरी चयन भएका छन ।

यस्तै अन्य सदस्यमा गंगाराम चौधरी, भीख्खु चौधरी, देउराम चौधरी, सुन्दर प्रसाद चौधरी, लक्ष्मण चौधरी र बुद्धी प्रसाद चौधरीलाई चयन गरिएको वडा नागरिक मन्चका संयोजक केशबराज अबस्थीले बताउनुभयो ।