१९ कार्तिक २०८३, बिहिबार

सेनाका कर्णेल खड्काले अचानक राजीनामा दिए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपाली सेनाका महासेनानी (कर्णेल) माधवसुन्दर खड्काले पदबाट राजीनामा दिएका छन् ।

एक वर्षअघि महासेनानीमा बढुवा भएका खड्काले व्यक्तिगत कारण देखाउँदै सैनिक सचिवको कार्यालयमा राजीनामा बझाएका हुन् । सैनिक जनसम्पर्क निर्देशनालय स्रोतका अनुसार खड्काको राजीनामा स्वीकृतीका लागि रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको छ ।

उनले ठ्याक्कै के कारणले राजीनामा दिएको हो भन्ने खुल्न सकेको छैन् । तर, राजीनामा पत्रमा व्यक्तिगत र पारिवारिक कारण उल्लेख गरिएको छ ।

हाल निरीक्षण निर्देशनालयमा कार्यरत खड्का गत भदौ २२ मा प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका थिए ।