१९ कार्तिक २०८३, बिहिबार

मन्दिरका पुजारीले गरे आत्महत्या, १२ वर्षीया किशोरी पनि मृत फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २ माघ । कोलाडी बसाइनस्थित रामजानकी मन्दिरमा पूजा गर्ने एक पुजारीकोे आज विष खाएर मृत्यु भएको छ । सत्तरीवर्षीय मन्दिरका पुजारी फुलोदेवी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सप्तरीकै नर्घौ गाविस– ६ की १२ वर्षीया ज्योतिकुमारी माली पनि विष खाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ती शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस