काठमाडौं, २९ पुस। भारतको कोलकातास्थित टिपु सुल्तान मस्जिदका प्रमुख नूर–उर–रहमान बरकातीले आफ्नै देशका प्रधानमन्त्री मोदीलाई कालोमोसो दल्ने व्यक्तिलाई ४० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
कडा अभिव्यक्ति दिने व्यक्तिको पहिचान बनाएका उनले प्रधानमन्त्रीको मोदीको कडा विरोध गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
लगातार फत्वा जारी गर्न तथा मिमियामा छाउन बरकाती प्रसिद्ध छन् । उनले अघिल्लो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विमुद्रीकरण अभियानका विरुद्ध फत्वा जारी गरेका थिए ।
सोही विमुद्रीकरणका कारण धेरैजना समस्यामा परेको बताउँदै बरकातीले मोदीलाई कालोमोसो दल्ने व्यक्तिलाई ४० लाख रुपैयाँ दिने घोषणा गरे ।
उनको यो घोषणाप्रति धेरैले आपत्ति जनाएका छन् । बीजेपीले त प्रहरीमा उनका विरुद्ध मुद्दा नै दर्ता गरेको छ । तर यसका बाबजुद बरकाती आफ्नो फत्वामा अडिग छन् ।
‘मोदीले विमुद्रीकरण गरेपछि १२७ जना बैंक र एटीएमको लाइनमा बसेरै मरिसके,’ बरकातीले भने । यो फत्वा सुनेर धेरैले आफूलाई फोन गरेर बधाई दिएको उनले प्रतिक्रिया दिएका छन् ।















प्रतिक्रिया