३१ आश्विन २०८३, शनिबार

नेपाली सेनाका २८ कर्णेलको सरुवा, को कहाँ ? (सूचीसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । सरकारले नेपाली सेनाका २८ महासेनानी (कर्णेल)लाई एकैपटक सरुवा गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले कर्णेल सरुवाका लागि गरेको प्रस्तावलाई रक्षामन्त्री बालकृष्ण खाँडले पुस १९ गते स्वीकृत गरेका थिए । र, बुधवारको मन्त्रिपरिषद्को बैठकले सेनाका २८ कर्णेललाई सरुवा गर्ने निर्णय गर्यो ।

को कहाँ भए सरुवा ?

१) कुमार लामा – सैनिक इण्टेलिजेन्स महानिर्देशनालयबाट सहायक बाहिनीपति बाहिनी अडडा ।

२) आनन्दकुमार अधिकारी – एक नम्बर बाहिनी अडडाबाट सैनिक इण्टिेलिजेन्स महानिर्देशनालय ।

३) सञ्जय थापा – विकास निर्माण महाशाखाबाट सहशिक्षाधिकृत नेपाली सैनिक प्रतिष्ठान ।

४) मिनध्वज खड्का – सैनिक अभिलेखालयबाट सहनिर्देशक सैनिक निर्देशनालय ।

५) अरुणकुमार पाल – नेपाली सैनिक प्रतिष्ठानबाट सैनिक इन्टेलिजेन्स महानिर्देशनालय ।

६) सहदेव खड्का – सैनिक स्टाफ कलेजबाट सहायक बाहिनीपति चार नम्बर बाहिनी अडडा ।

७) हिरालाल जोशी – २६ नम्बर बाहिनी अड्डाबाट सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफ ।

८) राम राणा – चार नम्बर बाहिनी अड्डाबाट शिकायत जाँच निर्देशनालय ।

९) लवकुमार रायमाझी – राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयबाट बाहिनीपति २४ नम्बर अड्डा ।

१०) दीपककुमार बानियाँ – राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट मध्यपृतना हेडक्वाटरको पृतना सह चिफ अफ स्टाफ ।

११) विजय थापा – राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयबाट सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफ ।

१२) शंकरबहादुर पण्डित – मानवअधिकार निर्देशनालयबाट पूर्वी पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफ ।

१३) सुशीलकुमार भण्डारी – शान्ति सेना सञ्चालन निर्देशनालयबाट अभिलेखपति सैनिक अभिलेखालय ।

१४) बिष्णु राउत – सैनिक संगठन निर्देशनालयबाट दुई नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपति ।

१५) सन्तोष बल्लभ पौडेल – सैनिक इण्टेलिजेन्स महानिर्देशनालयबाट एक नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपति ।

१६) पवनराज घिमिरे – सुदूरपश्चिम पृतना हेडक्वाटरबाट राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय ।

१७) चोकबहादुर ढकाल – युद्धकार्य निर्देशनालयको बलाधिकृत विभागबाट सैनिक इण्टेलिजेन्स महानिर्देशनालय ।

१८) सुनिल श्रेष्ठ – मध्य पृतना हेडक्वाटरबाट सैनिक इन्टकोर पति ।

१९) विनोद खरेल – २१ नम्बर बाहिनी अड्डाबाट युद्धकार्य निर्देशनालय बलाधिकृत विभाग ।

२०) इन्द्रबहादुर रायमाझी – सैनिक उच्च शिखर शिक्षालयबाट २२ नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपति ।

२१) ध्रुवप्रकाश शाह – २२ नम्बर बाहिनी अड्डाबाट पिएसओज कार्यालयको सचिव ।

२२) यामबहादुर सापकोटा – सुदूरपश्चिम पृतना हेडक्वाटरबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय ।

२३) पुरुषोत्तम ढकाल – १८ नम्बर बाहिनी अड्डाबाट सैन्य तालिम केन्द्रको केन्द्रपति ।

२४) भगवान खत्री – वीरेन्द्र अस्पतालकाबाट गुणस्तर नियन्त्रण निर्देशनालय ।

२५) सन्तोषराज पाण्डे – २ नम्बर बाहिनी अडडाबाट विशेष फौज बाहिनीको सहायक बाहिनीपति ।

२६) सुनिलराज बिष्ट – पूर्वी पृतना हेडक्वाटरबाट सैनिक उच्च शिखर शिक्षालयको प्रमुख शिक्षाधिकृत ।

२७) भरतचन्द्र गुरुङ – १८ नम्बर बाहिनी अड्डाबाट १८ नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपति ।

२८) गंगाराज मुकारुङ – पूर्वी पृतना हेडक्वाटरबाट विरेन्द्र अस्पतालको प्रशासन रजिष्ट्रार ।