काठमाडौं, २६ पुस । ठगीमा सक्रिय एक महिलालाई प्रहरीले नटवरलालको उपाधि दिएको छ ।
आफू करोडौंको व्यापार व्यवसाय गर्ने व्यापारी र जग्गा सम्बन्धि कारोबार व्यक्ति हुँ भन्दै विभिन्न व्यक्तिहरुबाट करोडौंको ठगी गर्ने ती महिलालाई पक्राउ गर्दै प्रहरीले नटवरलालको उपाधि दिएको हो ।
काठमाडौं महानगरपालिका वडा नंम्बर ४ लाजिम्पाट घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नंम्बर १९ टंगाल डेरा गरि बस्ने ३३ वर्षीय रमिता तुलाधर पक्राउ परेकी हुन् । उनले विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी १ करोड, ६४ लाख ५० हजार रुपैया ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीले महिलालाई २३ गते पक्राउ गरेको थियो । महिलालाई पक्राउ गरेपछि जाहेरी दिने पीडितहरुको घुँइचो लागेको छ । महिलाविरुद्ध ठगी मुद्दामा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया