३१ आश्विन २०८३, शनिबार

भारतको कर्नाटक राज्यस्थित बिजापुरमा नयाँ शक्ति विस्तार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्नाटक । अन्तर्रास्ट्रिय नेपाली समाज भारत (नयाँ शक्ति भारत) कर्नाटका राज्य अन्तरगत बिजापुर जिल्लामा शेर बहादुर बोहराको संयोजकत्त्वमा १५ सदस्य जिल्ला परिषद गठन भएको छ भने उत्प्रेरकमा जीवन नेपाली सर्वसम्मत चुनिनु भएको छ ।

जीवन नेपालीको अध्यक्षतामा भएको कार्यक्रमलार्इ प्रकाश नेपालीले संचालन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा अन्तरास्ट्रिय नेपाली युबा शक्ति भारतका केन्द्रिय संयोजक माइकल क्षेत्री हुनु हुन्थ्यो भने कार्यक्रमको बिशेष अथितिमा सागर नेपाली रहनु भएको थियो ।

उक्त कार्यक्रमबाट अन्तरास्ट्रिय नेपाली युबा शक्ति भारत कर्नाटका राज्य अन्तरगतकै बिजापुरका युबाहरुलाई समेट्ने गरि सागर नेपालीको संयोजकत्त्वमा अन्य पदाधिकारी पछि थप्ने गरि ११ सदस्यीय युबा समिति पनि गठन गरिएको छ ।

कार्यक्रममा उक्त राज्यमा भएका नेपालीहरुको बाक्लो उपस्थिति थियो भने विभिन्न सांस्कृतिक कार्यक्रमबाट उपस्थितलार्इ मनोरंजनात्मक बनाइएको थियो ।