३१ आश्विन २०८३, शनिबार

अर्थमन्त्री महरालाई ज्वालाको प्रश्न- सुन तस्करका मालिक को हुन् ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले सुन तस्करी प्रकरणबारे अर्थमन्त्री कृष्णबहादुर महरा र प्रहरी प्रमुख आईजीपी उपेन्द्रकान्त अर्यालसँग चासो राखेका छन् ।

गत विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि प्रहरीले समातेको ३३ किलो सुन प्रकरणमा अर्थमन्त्री महरा पनि मुछिएका बेला मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सभापति ज्वालाले सुन तस्करका मालिक को हुन् भनेर प्रश्न गरेका हुन् ।

पछिल्लो समय बढेको सुन तस्करी राष्ट्रिय लज्जाको विषय भएको हो भन्दै उनले बैठकमा भने- ‘हाकाहाकी यत्रो ठूलो परिमाणमा सुन तस्करी कसरी भो ? यो राष्ट्रिय लज्जाको विषय हो ।’

बैठकमा उपस्थित अर्थमन्त्री महरा र आइजीपी अर्यालकै अगाडि सभापति ज्वालाले प्रश्न गर्दै भने- ‘सुन बोक्ने भरिया समातिन्छन्, मुख्य मालिक कहाँ जान्छ, को हो मालिक ?

जवाफमा अर्थमन्त्री महराले सुन तस्करीमा ठूलै संगठित गिरोह लागिपरेको र यसको सञ्जाल थुप्रै ठाउँमा रहेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए ।

सुरक्षा घेरामा रहेको त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्यूरोले समातेपछि यसको छानबिन गर्न भन्सार विभागले पाँच सदस्यीय समिति बनाइसकेको छ । र, विमानस्थलमा खटिएका कर्मचारीलाई पदबाट हटाइएको छ ।