३१ आश्विन २०८३, शनिबार

मधेस र भारतबीचको विशेष नाता अब कसैले पनि तोड्न सक्दैन्ः राजदूत रे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २६ पुस । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले मधेस र भारतको सम्बन्ध विशेष रहेको बताएका छन् ।

कांग्रेस सांसद अमरेशकुमार सिंहको आग्रहमा सिरहा पुगेका राजदूत रेले कर्जन्हामा संचालित फूलकुमारी महतो मेमोरियल अस्पतालमा ‘आमा तथा बच्चा विशेषज्ञ स्वास्थ्य उपचार’को उद्घाटन गर्दै मधेस र भारतबीच सदियौंदेखिको विशेष नाता रहेको बताउँदै कहिल्यै र कसैले पनि तोड्न नक्ने बताए ।

उनले मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माणका काम अगाडी बढिसकेको बताए । उनले भने– ‘अब हुलाकी राजमार्ग चाँडै निर्माण हुन्छ । साथै मधेस विकासका लागि पनि भारतबाट विशेष बजेटको व्यवस्था मिलाउने प्रयास गर्छु ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका राजदूत रेले भारतले जनवरी २६ तारिखको दिन मनाउँदै आएको संविधान दिवसको अवसरमा यस अस्पताललाई एउटा एम्बुलेन्स प्रदान गर्ने प्रतिवद्धता जनाए ।

उनले अस्पतालले अन्य उपकरण तथा सामग्रीका लागि प्रपोजल पेश गरे सो बमोजिम सहयोग गर्ने पनि बताए ।