१९ कार्तिक २०८३, बिहिबार

देशभर शिक्षा, स्वास्थ्य, खानेपानी र सडकमा लगानी गर्ने सपनाः डा. उपेन्द्र महतो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, २५ पुस । उधोगपति तथा नेपाल गैरआवाशिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले देशभर शिक्षा, स्वास्थ्य, खानेपानी र सडकमा लगानी गरी देशको विकास गर्ने आफ्नो सोच रहेको बताएका छन् ।

जन्मथलो सिरहाको कर्जन्हामा स्थापना गरेको फूलकुमारी महतो मेमोरियल अस्पतालमा ‘आमा तथा बच्चा विशेषज्ञ स्वास्थ्य उपचार’को उद्घाटन गर्न आएका उनले पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । ‘कृषि र स्वास्थ्य क्षेत्रमार्फत पनि लगानी गर्ने सोच रहेको छ, उनले भने, त्यसपछि मात्र नेपालको विकास सम्भव हुन्छ ।’

उद्योगपति महतोले पहिले नेपालबाट कृषिजन्य सामग्री अन्यत्र निकासी हुन्थ्यो तर अहिले छिमेकी देशबाट कृषिजन्य सामग्री देशभित्र आयात भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले कृषि क्षेत्रमा आधुनिकीकरण र उत्पादकत्व बढाउने गरी योजना कार्यान्वयन नहुञ्जेलसम्म नेपालको विकासलाई अगाडि बढाउन नसकिने उहाँको भनाई थियो ।

गरीब तथा विपन्न समुदायका लागि एक सय रुपियाँमा शिक्षा ग्रहण गर्न ३८ जिल्लामा समता स्कुलको स्थापना गरेको बताउँदै अब एक सय रुपियाँमै शल्यक्रिया गर्न सकिने समता अस्पताल निर्माणको खाका तयार गरिरहेको समेत जानकारी गराए ।

पत्रकार सम्मेलनमा डा. महतोकी धर्मपत्नी तथा अस्पतालका प्रबन्ध निर्देशक समता महतोले फूलकुमारी महतो मेमोरियल अस्पतालले हालसम्म ५५ हजारभन्दा बढी विरामीहरुको उपचार, ८० हजारभन्दा बढी ल्याब इन्भेष्टिगेसन, १५ हजारभन्दा बढी एक्सरे, पाँच हजारभन्दा बढीलाई भिडियो एक्सरे सेवा प्रदान गरिएको तथ्यांक सार्वजनिक गरिन् ।

उनले तीन सय वटाभन्दा बढी शल्यक्रिया र १२ हजारभन्दा बढी प्रसुति सेवा प्रदान गरेको पनि बताइन् । साथै विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरमार्फत पाँच हजारभन्दा बढी विरामीहरु स्वास्थ्य सेवाबाट लाभान्वित भएको पनि जानकारी गराइन् ।