१९ कार्तिक २०८३, बिहिबार

वृद्धभत्तापछि जेष्ठ नागरिकलाई एमालेले यसरी दियो अर्को ठूलो सम्मान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २५ पुस । नेकपा एमाले उदयपुरले त्रियुगा नगरपालिकाको वडानं १ का जेष्ठ नागरिकलाई एक समारोहका विच गम्छा (दोसल्ला) ओढाई सम्मान गरेको छ । पार्टीले बृद्धबृद्धाका लागि स्थापना गरेको सामाजिक सुरक्षा भत्ता, समयानुकुल बृद्धी र सम्मानलाई निरन्तरता दिँदै दोसल्ला ओढाई सम्मान गरेको हो ।

‘राष्ट्रिय एकता, समृद्धी र स्वाभिमान, संबिधान कार्यान्वयन एमालेको अभियान’ भन्ने मुल नाराकासाथ एमालेले आयोजना गरेको ४ महिने अभियानअन्तर्गत वडानं १ का जेष्ठ नागरिकलाई बोक्सेमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रममा सहभागी भएका करिव दुई हजार सर्वसाधरण मध्ये ६ सय जेष्ठ नागरिकलाई सम्मान गरिएको पुर्व वडाध्यक्ष एवंम नेकपा एमाले जिल्ला कमिटी सदस्य भागवत राउतले बताए । दोसल्ला पार्टीको वडानं १ अन्र्तगत रहेको वडा कमिटीले पार्टीका स्थानीय तहका नेतासँग समन्वय गरी खरीद गरेको हो ।

सम्मान पछि खुशी व्यक्त गर्दै जेष्ठ नागरिकले बृद्धबृद्धाको क्षेत्रमा एमालेले गरेका कामहरु प्रशंसायोग्य रहेको बताए । उनीहरुले एमाले नेतृत्व आएपछि बृद्धबृद्धालाई मार्छ भन्ने भ्रमको खेती अव चिरिसकिएको समेत बताए । नेकपा एमाले उदयपुरले कात्तिकबाट सुरू गरेको अभियान माघ महिनासम्म संचलान हुने जनाएको छ ।

कार्यक्रममा बोल्दै अभियानका संयोजक एवंम एमाले जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतले एमालेको अभियान राष्ट्रियताका सवालमा अग्रणी रहेको बताए । कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर १ का सदस्यहरू लक्ष्मिनारायण चौधरि, मणिराज उपाध्याय, उपाध्यक्ष बिमल कार्की, सचिवालय सदस्यहरू प्रकाशकुमार बस्नेत, कालु लामा, खड्ग परियार, भरत थापा, जिल्ला सदस्य भागवत राउत, अनेरास्वबियुका सचिवालय सदस्य केशव चाम्लिङ राई लगायतले बोलेका थिए ।