काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा जस्तै यसपटक सजिलै राजीनामा नदिने उद्घोष गर्नुभएको छ ।
सरकार निर्माणका क्रममा प्रचण्डले नौं महिनापछि सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुम्पने सहमति भएको भनिएपनि सोमबार विभिन्न कार्यक्रममा सहभागी गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले त्यसको ठीक उल्टो बोल्नुभएको छ ।
उहाँले देशको बर्तमान समस्या सुल्झाएर मात्रै सरकार छोड्ने अभिव्यक्ति दिनुभएको छ । ‘म सितिमिति राजीनामा दिने पक्षमा छैन,’ उहाँले भन्नुभयो, ‘जबसम्म देशका समस्या थाँती रहन्छन् त्यसलाई समाधान गरेर मात्रै सरकार छाड्छु ।’ उहाँले आफ्नै कार्यकालमा कुनै न कुनै उपाय खोजेर देशको बर्तमान समस्या सुल्झाउने र निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।
निर्वाचनसँग सम्बन्धित विद्येयक संसदमा अघि बढिसकेकाले अब स्थानीय निर्वाचनको ढोका समेत खुलिसकेको उहाँले बताउनुभयो । ‘सरकारले बैशाखमा निर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा गर्नेछ, अब देश निर्वाचनमा अघि बढ्यो’ उहाँले भन्नुभयो ।
















प्रतिक्रिया