भक्तपुर, २५ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को भक्तपुर अध्यक्षमा सुनील बञ्जाडे चयन भएका छन् ।
सानोठिमीस्थित सानोठिमी क्याम्पसमा आइतबार सम्पन्न १५ औं जिल्ला सम्मेलनले बञ्जाडेलाई अध्यक्षमा चयन गरेको हो ।
उनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष एकराज डाँगीले जानकारी दिए ।
सम्मेलनले चित्रकमल वलीलाई उपाध्यक्ष, निसान राईलाई सचिव, भुपेन्द्र घर्तीमगर र मानबहादुर डाँगीलाई सह–सचिवमा चयन गरेको हो । त्यस्तै कोषाध्यक्षमा अनीता पुनमगर चयन भएकी छिन् ।
माओवादीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज आजात केसीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको निर्वतमान जिल्ला अध्यक्षता एकराज डाँगीले गरेका थिए ।












प्रतिक्रिया