१३ कार्तिक २०८३, शुक्रबार

गृहमन्त्री निधिले उठाए अर्को गम्भीर कदम, दोषीहरूलाई उन्मुक्ति दिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । सरकारले तराई मधेस तथा थरूहट आन्दोलनका क्रममा विभिन्न व्यक्तिविरुद्ध दायर भएका मुद्दा फिर्ता लिने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

गृह मन्त्रालयले संविधानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको आन्दोलनका प्रर्दशनकारीविरुद्ध चलाइएका मुद्दा फिर्ता लिन लागेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

यसका लागि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार मोर्चाका नेता, गृहसचिव लोकदर्शन रेग्मी, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसँग छलफल गरेका छन् ।

सो छलफलमा कांग्रेस, माओवादी केन्द्र र मोर्चाका नेताबीच भएको तीनबुँदे सहमतिअनुसार एक–दुई दिनभित्रमा मुद्दा फिर्ता लिने सहमति भएको हो ।

छलफलमा तीनबुँदे सहमतिअनुसार आवश्यक प्रक्रिया पूरा गरेर एक–दुई दिनमै मुद्दा किनारा लगाउने सहमति भएको उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

सर्वोच्च अदालतले यसअघि नै राजनीतिक दलको सिफारिसमा तथा गम्भीर मानवअधिकार उल्लंघन र व्यक्ति हत्याका मुद्दा फिर्ता लिन नमिल्ने गरी फैसला गरिसकेको छ ।

सरकारले आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्दै जनही १० लाख रकमसमेत दिइसकेको छ ।

त्यस्तै, सहिद घोषणा नगरिएका चारजनाको परिवारले पनि १०/१० लाख रकम बुझेका छन् । सरकारले घाइतेको उपचारका लागि २ करोड बढी रकम पनि निकासा दिइसकेको छ ।