१९ कार्तिक २०८३, बिहिबार

देउवाको गृहजिल्लामा सेनाको गाडी दुर्घटना भएपछि कांग्रेसले निकाल्यो विज्ञप्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । डडेल्धुरामा भएको नेपाली सेनाको गाडी दुर्घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।

डडेल्धुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार अपराह्न विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

शनिबार राति हिमपातले अवरुद्ध भएको बाटो खुलाउन गएको सेनाको गाडी डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा सवार ३६ जना सैनिक घाइते भएका थिए ।

कांग्रेसले घटनामा परी घाइते भएका सैनिकको उचित उपचारको व्यवस्थाका गर्न सरकारसँग माग समेत गरेको छ ।