डडेल्धुरा, २४ पुस । डडेल्धुराको साहुखर्क नजिक आईतबार विहान सेनाको गाडी दुर्घटना हुँदा मेजरसहित ३६ जना सेना घाइते भएका छन् ।
शनिबार राति परेको हिमपातले भिमदत्तराजमार्ग अवरुद्ध भएपछि आइतबार विहान राजमार्गको खुलाएर फर्किने क्रममा बिहान करिब ११ः३० बजे साहुकर्ख नजिकै हिउबाट चिप्लिएर सेनाको गाडी सडकबाट करिव ४०÷५० मिटर तल खसेको थियो ।
राजमार्गमा रहेको हिउ हटाउनका लागी गरुड दल गण दह व्यारेक डडेल्धुराबाट मेजर कृष्ण अधिकारीको नेतृत्वमा ३६ जनाको नेपाली सेनाका टोली गएको थियो । राजमार्गबाट हिउ हटाएर फर्किने समयमा सडकबाट गाडी चिप्लिएर दुर्घटना भएको क्याप्टेन प्रेम बोगटीले जानकारी दिनुभयो ।
घाइतेहरुको उद्धार गरि उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार गरिएको थियो । गम्भीर घाईतेहरु सेनानी कृष्ण अधिकारी लगायत मिठ्ठु थापा, खुम बहादुर बुज्झे, कृष्ण खाँड, भरत बुढामगर, गणेश परियार, कमल सुनार, सुक बहादुर बोडे, निर बहादुर सारुमगर, गोपाल रोक्का र नरेन्द्र प्रसाद जोशी गरि ११ जनालाई नेपाली सेनाको हेलिकप्टरद्धारा आईतबार नै थप उपचारका लागी सैनिक अस्पताल छाउनी लगिएको छ ।
अन्य घाईतेहरु रोहित सुनार, मुकेश ऐर, दिपेन्द्र चौधरी, बहादुर सिह थापा, सुक बहादुर माझी, धन बहादुर पुन, अन बुढाथोकी, कृष्ण सिह ऐर, महेश नेपाली, मोहन परियार, रमेश थापामगर, राम बहादुर कार्की, भक्त बहादुर राम्जाली, रमेश थापा, रामजी कोईराला, जिवनराज मल्ल, प्रबिण राना, शिवहरी न्यौपाने, बम बहादुर फौजा, डालराज मुखिया, सन्तोश अधिकारी, चन्द्रराम तामाङ, टेक बहादुर बस्नेत, आत्मराम तामाङ र कृष्ण सिह खड्का गरि २५ जनाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामै उपचार भइरहेको दह व्यारेक डडेल्धुराले जनाएको छ ।













प्रतिक्रिया