१९ कार्तिक २०८३, बिहिबार

निशान श्रेष्ठ बने ग्लोबल स्टुडेन्ट अवार्ड नेपालका विजेता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदशर्नीमार्ग काठमाडौंमा अध्ययनरत निशान श्रेष्ठ ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड नेपालबाट विभुषित भएका छन् ।

जीएसइए नेपाल प्रतियोगिता नेपाली यूवा उद्यमी मंचको साझेदारीमा इन्टप्रेनुअर्स अर्गनाइजेशन नेपालले आयोजना गरेको हो । जीएसइए प्रतियोगिता भर्खर स्नातक गरेका यूवा उद्यमी विद्यार्थीहरुका लागि विश्वव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम हो । जुन प्रत्येक देशमा आन्तरिक प्रतियोगिताबाट छानिएर जाने एक जना विद्यार्थी उद्यमीले उक्त प्रतियोगिताको विश्व संस्करणमा भाग लिने मौका पाउने गर्दछ ।

उक्त अवार्ड कार्यक्रम आज शिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्ट, लैनचौरमा सम्पन्न भएको हो । विजेता विद्यार्थी श्रेष्ठले नगद पुरस्कार रु. ५० हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यार्थी श्रेष्ठसंग सम्बन्धित कम्पनी ईको सेल ईण्डष्ट्रिज प्रँ.लि.ले उक्त कार्यक्रममा भाग लिएको थियो । सो कम्पनीले नेपालमा भुकम्प प्रतिरोधात्मक, वातावरण मैत्री तथा किफायती निर्माण सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ । त्यस्ता सामाग्रीहरु उत्पादन गर्ने उक्त कम्पनी नेपालमा पहिलो कम्पनी हो ।

सम्मानित निशान श्रेष्ठले सन् २०१६–१७ का लागि फ्रयाङ्कफर्ट जर्मनीमा आयोजना हुने जिएसइए ग्लोवल २०१७ को फाइनल प्रतियोगितामा भाग लिन पाउने छन् । करिव ३७ भन्दा बढी देशका एक हजार सात सय भन्दा बढी विद्यार्थी उद्यमीहरु बीचको उक्त प्रतिस्पर्धात्मक विश्व कार्यक्रममा उनले भाग लिनेछन् । उक्त विश्व प्रतियोगितामा विजयी हुनेले अमेरिकी डलर ४ लाख सहित अन्य पुरस्कार हात पार्नेछ ।

यसैगरि दोस्रो पुरस्कार काठ्माडौं विश्व विद्यालयका जोनशन बोकटीले हात पारेका छन् । उनको कम्पनी ईन्डेभर प्रा.लि. हो । सो कम्पनीले मोबाइल एप्सको विकास गर्दै आएको छ । उक्त कम्पनीले कार्य व्यस्तताका बाबजुद पनि आफुलाई आएको फोन कल उठाउन मिल्ने पहिलो मोबाइल एप्सको विकास गरेको थियो । विजयी बोकटीले प्रमाणपत्र सहित नगद पुरस्कार रु. २५,०००।– हात पारेका छन् ।

त्यसैगरि तृतिय पुरस्कार नागार्जुना कलेज अफ आईटीका विकेश सापकोटाले हात पारेका छन् । उनको कम्पनी क्रेप्टीक थ्रेड टेक्नोलोजि प्रा.लि. सूचना प्रविधिसंग सम्बन्धित कम्पनी हो । यसको मुख्य उत्पादन स्कुल म्यानेजमेन्ट सिस्टम प्याकेज रहेको छ । विजयी सापकोटाले प्रमाण पत्र सहित नगद पुरस्कार रु. १० हजार हात पारेका छन् ।

उक्त प्रतियोगिताका निर्णायक मण्डलमा फ्ल्युरा हिमालयनका एम.डी अजय बहादुर प्रधानाङ्ग, आई क्यापिटल प्रा.लि.का अध्यक्ष्ँ अजय श्रेष्ठ, मर्केन्टायल गु्रप प्रा. लि. का प्रमुख लगानी अधिकृत अमोद राजभण्डारी, आर्या ईन्टरनेश्नल प्रा.लि. का एम.डि. अनुज श्रेष्ठ, सिद्धी ईन्टरप्राइज प्रा.लि. का एमडी प्रगुन राजभण्डारी र वेलनेश हस्पिटल प्रा.लि.का अध्यक्ष सुदर्शन बस्नेत हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपालका लागि जीएइएका अध्यक्ष समिर थापाले यस प्रकारको अन्तराष्ट्रिय प्रतियोगिताबाट सहभागि विद्यार्थी उद्यमीहरुलाई सिक्ने अवसर जुट्नुका साथै अन्तराष्ट्रिय प्रतियोगितात्मक मञ्चहरुमा आफुलाई प्रस्तुत गर्न प्रोत्साहन मिल्ने बताउनु भयो । नेपाली यूवा उद्यमीहरुले यस प्रकारका प्रतियोगितात्मक अन्तराष्ट्रिय मंचहरुमा भाग लिन पाउंदा वाह्य प्रविधि तथा ज्ञान आर्जन गर्नमा समेत सघाउ पुग्ने उहांको दावी थियो ।

ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड

जीएसइए भर्खर स्नातक गरेका यूवाहरुलाई उद्यमशीलताको विकासमा अभिप्रेरित गराई नयां उद्यमी वनाउने अभियानस्वरुप ल्याएको विश्वव्यापी कार्यक्रम हो । यो प्रतियोगिता करिव ३७ भन्दा बढी देशका एक हजार सात सय भन्दा बढी विद्यार्थी उद्यमीहरु बीचको प्रतिस्पर्धात्मक विश्व कार्यक्रम हो । प्रतियोगिता मार्फत सहभागी विद्यार्थी उद्यमीहरुले आफूलाई अन्तराष्टिय रुपमै पहिचान दिलाउने सुवर्ण अवसर समेत पाउने छन् । अमेरिकाको सेन्ट लुईस विश्वविद्यालय अन्तरगतको जोन कुक स्कूल अफ विजनेशमा सन् १९९८ बाट शुरु गरिएको यो कार्यक्रम अन्तरगत, उक्त विश्वविद्यालयले यस कार्यक्रम अन्तरगत छनौट भएर प्रशिक्षित भई सफलरुपमा आफ्नो व्यवसाय संचालन गरेका उत्कृष्ठ विद्यार्थीलाई विश्वविद्यालय अध्ययनको अवसर समेत दिनेछ ।

इन्टरप्रेन्यूर्स अर्गनाइजेशर्न—इओ

विश्वमा ११ हजार भन्दा बढी सफल व्यसाय र व्यवसायीहरुसंग प्रत्यक्ष जोडिएको विश्व व्यसायिक संजाल हो । यसका ५० देशमा १५० भन्दा बढी शाखाहरु रहेका छन् । सन् १९८७ मा यूवा उद्यमीहरुको समूहबाट गठन गरिएको इओ साना ठूला सवै प्रकारका व्यवसायका मालिकहरुलाई एक अर्कामा सिक्ने, ठूलठूला व्यवसायिक सफलता हासिल गर्ने र नितान्त व्यक्तिगत जीवनलाई समृद्ध वनाउन सफलता हासिल गराउन निकै सफल भएको पाइन्छ । संगठनको प्रमुख लक्ष्य भनेकै विश्वभर एक प्रभावकारी यूवा उद्यमीहरुको समूदाय तयार गरि सोही समूदाय मार्फत औद्योगिक शिक्षा प्रदान गरि धेरैलाई कमाउने र शिकाउने अवसर प्रदान गर्ने रहेको छ ।

इओले स्नातकहरुका लागि ल्याइएको यो अवार्ड कार्यक्रम सवैभन्दा पहिलो हो । जसबाट विद्यार्थीहरुले अध्ययन गर्दागर्दै आफूलाई व्यवसाय संचालन गर्ने र मालिक हुने अवसर समेत पाउने छन् । यसका साथै व्यवसायलाई सफल रुपमा अगाडी बढाउने सवै प्रकारका तौरतरिका जान्ने वुझ्ने, तालीम लिने अवसर पाउने छन् भने त्यसका लागि उनीहरुलाई एक सफल व्यवसायी समेत उपलव्ध गराइने छ र जसबाट उनीहरुले वार्षिक १० लाख डलर वरावर भन्दा बढीको व्यवसाय प्रवद्र्धन गर्नुपर्नेछ ।

नेपाली यूवा उद्यमी मंच

व्यवसायिक सोंचको विस्तार गर्ने लक्ष्यका साथ आएको नेपाली यूवा उद्यमी मंच नेपाली यूवा उद्यमीहरुको साझा संस्था हो । यस संस्थाले उद्यमशीलता प्रवद्र्धनका लागि स्वदेशी एवं विदेशी संघ संगठनहरुसंग मिलेर थुप्रै कार्य गर्दै आएको छ । नेपाली यूवाहरु माझ अनुभव आदानप्रदान, छात्रवृत्ति, शिक्षा, तालीम र पैरवी मार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने यसको मुख्य उद्देश्य हो । यसको विधिवत स्थापना सन् २००३ को सेप्टेम्वर २६ तारिखका दिन भएको हो ।