काठमाडौं, २४ पुस । संसदमा देखिएको गतिरोध अन्त्यको प्रयासमा प्रमुख तीन शीर्ष नेताहरूबीच कुराकानी भएको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच सम्वाद भएको हो । सम्वादको व्यवस्था सभामुख ओनसरी घर्तीले मिलाएकी हुन् ।
सम्वाद भए पनि ठोस सहमति भने हुन सकेको छैन । स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्र आफ्नै अडानमा छन् । उनीहरूले एमालेलाई सदनको गतिरोध पूर्ण रुपमा फिर्ता लिन दबाब दिइरहेका छन् ।
एमाले अध्यक्ष ओलीले संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नसक्ने तर अरु कार्यसूचीलाई भने अबरोध नगर्ने आश्वासन दिएका छन् ।
तीन बजेको संसद बैठकसम्म शीर्ष नेताहरूबीच सहमति खोजिने स्रोतको भनाइ छ । बैठक बानेश्वरमा जारी छ ।













प्रतिक्रिया