१९ कार्तिक २०८३, बिहिबार

सरकारले एमालेलाई उत्तेजित बनाउन खोज्यो : अध्यक्ष ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले सरकारले विपक्षी दलहरूबिरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएर उत्तेजना फैलाउने कार्य गरिरहेको आरोप लगाएका छन् ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार बसेको संसदीय दलको बैठकमा आफ्ना सांसदहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले सरकारले जति नै उत्तेजना फैलाए पनि संयम हुन निर्देशन दिएका हुन् । उनले सरकारमा रहेका दलका नेताहरूको अभिव्यक्ति एमालेलाई उत्तेजित बनाउने खालका रहने गरेको समेत बताए ।

‘सरकारमा रहेका दल र तिनका नेताहरूले उत्तेजना फैलाउने गरेर अभिव्यक्ति दिइरहेका छन्’, अध्यक्ष ओलीलाई उदृत गर्दै एमालेका सांसद रेवतीरमण भण्डारीले भने, ‘एमाले संयम भएर जानुपर्छ । उत्तेजित हुनु हुँदैन ।’

सरकारले मुठभेड गर्न खोजेको बताएका अध्यक्ष ओलीले भने, ‘सरकारले जति नै मुठभेड गर्न खोजे पनि हामीले त्यसलाई खासै वास्ता गर्नु हुँदैन । एमालेले मुठभेड चाहेको छैन ।’

अध्यक्ष ओलीले संसदमा संविधान संशोधनको विधेयकलाई जबरजस्ती अगाडि बढाउन खोज्यो भने कडा प्रतिवाद गर्नुपर्ने बताए । ‘संविधान संशोधनको विधेयक ल्याइयो भने कडा प्रतिवाद हुन्छ ।’