३१ आश्विन २०८३, शनिबार

मन्त्रीलाई कसले दल्यो काउसो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तामा पुगेपछि भोग विलासमा रमाउन खप्पिस माओवादीका नेताहरू जस्तोसुकै हर्कत गर्न सक्छन् भन्ने कुराको पुष्टि लेखराज भट्टको आशीर्वादमा कृषि मन्त्री बन्न पुगेका गौरीशंकर चौधरीले देखाई दिएका छन् । धन भनेपछि हुरुक्कै हुने मन्त्री चौधरीले अहिले कृषि विकास मन्त्रालयमा सबैभन्दा इमान्दार सहसचिवका रुपमा गनिएका सुदूरपश्चिम क्षेत्रकै राजेन्द्र मिश्रलाई आईडब्लुआरएमपी प्रोजेक्टको प्रमुखबाट हटाउने तयारी गरिरहेको चर्चा छ । आयोजना प्रमुख मिश्रले चढेको गाडी मन्त्री माग्ने वित्तिकै उपलब्ध नगराएको रिसमा मन्त्री चौधरी पछि गाडी दिएपनि काउसो हालेर पठाएको निहुँ बनाएर उनलाई हटाउन लागेको चर्चा छ ।

मन्त्रीले मिश्रलाई हटाउने तयारी गरेको थाहा पाएपछि कृषि राज्यमन्त्री राधिका तामाङले भने मिश्रलाई नहटाउन मन्त्री चौधरीलाई दवाव दिएको थाहा भएको छ । कांग्रेस र एमाले जो सुकै भएपनि सानातिना कुरा उठाएर कर्मचारीलाई हटाउँदा मन्त्रालयको बदनाम हुने भएकाले मिश्रमाथि अन्याय नगर्न उनले अनुरोध गरेको बताइन्छ । तर, स्रोत भन्छ, परियोजना प्रमुखले मन्त्री चौधरीलाई महिनावारी भेटी नचढाएका कारण गाडीमा काउसो हालेको निहुँमा हटाउन लागेका हुन् ।

मन्त्रीले परियोजनाको गाडी मागेपछि सहज रुपमा उपलब्ध गराएको परियोजनाको प्रशासनले साँघु प्रतिनिधिलाई बताएको छ । तर, मन्त्रीलाई गाडी पठाउंदा काउसो प्रयोग गरेर कसैले पठाउंला त ? उनीहरूले प्रतिप्रश्न गरेका छन् । राजेन्द्र मिश्रलाई हटाउने पूर्व योजना अनुरुप नै मन्त्री कै ड्राइभरहरूबीच विगतदेखि देखिएको रिस साँध्न र सो परियोजनामार्फत काम नै नगरी दैनिक भत्ता नखुवाएको झोंकमा ड्राइभरहरूलेनै मिश्रलाई हटाउने षडयन्त्र रचेको आशंका गरिएको छ । आफूले मागेको गाडीमा काउसो हालेर पठाएको भन्दै मन्त्री चौधरी रिसले आगो मात्र भएका छैनन्, उनले केही साता अगाडि भारत भ्रमणमा अरु सहसचिवको स्वीकृत गरेपनि मिश्रको भ्रमण आदेश चाहिं अस्वीकृत गरेको बताएको छ ।

मन्त्री चौधरीले परियोजना निर्देशकका हैसियतमा भारतमा हुन लागेको तालिममा मिश्रलाई नपठाएका मात्र होइन परियोजनाका दुइ दर्जनभन्दा बढी फाइल नै आफ्नै घर्रामा थन्काएर राखेको खबर छ । ती फाइलहरू किसानहरूका लागि साना सिंचाई निर्माणमा अनुदान दिनेलगायतका रहेको बताइन्छ । मन्त्रीस्तरको निर्णयबाट काम गर्नुपर्ने फाइल मन्त्रीको दराजमा थन्क्याएर कर्मचारीहरूलाई दोष दिने मन्त्रीको नियत नै खराब भएको कृषि विकास मन्त्रालयमा चर्चा चल्न थालेको छ । – साँघुबाट