३१ आश्विन २०८३, शनिबार

एपीएफ र न्यु डायमण्डको विजयी शुरुआत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ ।

बासपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई २५–१६,२५–१४,१५–२५ र २५–१० ले हरायो ।

प्रतियोगिताको उद्घाटन रक्षामन्त्रि बालकृष्ण खाँडले गरेका थिए । सो अवसरमा ढोरपाटन क्लबका उपाध्यक्ष किरण घायलले स्वागत मन्त्यब्य ब्यक्त गरेका थिए ।

सर्वाधिक पुरस्कार रासीको महिला डबल लिग भलिबल माघ ८ गतेसम्म नयाँ बसपार्कस्थित भलिबल कोर्टमा चल्नेछ । दश टिमको सहभागिता रहेको प्रतियोगितामा गत संस्करणको विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्टस क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज रहेका छन् ।

न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडलको प्रतियोगितामा पहिलो सहभागिता हो । महिला डबल लिग भलिबलको विजेताले ३ लाख २० हजारसहित रनिङशिल्ड र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् ।

चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन् ।

यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिनेछ ।

उत्कुष्ट, स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ ।