१९ कार्तिक २०८३, बिहिबार

अनेरास्ववियुको पाँच लाखको अक्षय कोषको नेता पोखरेलद्धारा शुभारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २३ पुस । अनेरास्ववियु क्षेत्र नं. ४ नवलपरासीले पाँच लाखको अक्षय कोष स्थापना गरेको छ ।

नवलपरासीको क्षेत्र नं ४ अन्तरगतका गाविस तथा नगरपालिकामा आर्थिक रुपले विपन्न, सामाजिक रुपले विभेदमा परेका, शारिरिक रुपले असक्त तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने र विद्यालयको पहुँच बाहिर रहेकालाई विद्यालयको पहुँचमा पुराउने उद्धेश्यले स्थापना गरिएको सो अक्षय कोषको आज परासीमा एक कार्यक्रमका विच नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।

सुरुमा दुई लाखबाट सुरु गरिएपनि अक्षय कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएकाले हाललाई पाच लाखको कोष घोषणा गरिएको र भविश्यमा पचास लाख सम्मको कोष बनाउने लक्ष्य रहेको अनेरास्ववियु क्षत्रिय अध्यक्ष रमेश नेपालीले रेडियो परासीलाई बताउनुभयो ।

कोषमा अहिले सम्म साढे तिन लाख रुपैँया संकलन भईसकेको अध्यक्ष नेपालीले बताउनुभयो । अध्यक्ष नेपालीले पचास हजार रुपैँया बाट सुरु गरेको सो अक्षय कोषमा विभिन्न व्यक्रिहरुले सहयोग गर्ने क्रम जारी छ । हाल सम्म सहयोग गरेकालाई प्रंससा पत्र समेत प्रदान गरिएको अध्यक्ष नेपालीले बताउनुभयो ।