१३ कार्तिक २०८३, शुक्रबार

यी हुन् अदालतमा सेवाग्राहीसँग घुस लिने नायब सुब्बा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत ललितपुरका एकजना नायब सुब्बालाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ ।

जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्याम अर्याल २ लाख रुपैयाँ घुस लिएको रकमसहित पक्राउ परेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

अदालतवाट सफाइ पाइसकेका एक व्यक्तिलाई पुनः मुद्दामा फसाइदिने धम्की दिएर तीन लाख रुपैयाँ मागेपछि पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

अर्याललाई अख्तियारको टोलीले सातदोबाटोस्थित बाजेको सेकुवा घरबाट घुससहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।

अख्तियारले अदालतकै कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको सम्भवतः यो पहिलो घटना हो ।