३१ आश्विन २०८३, शनिबार

टोटनह्यामले चेल्सीको सपना यसरी चकनाचुर बनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २१ पुस । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग चेल्सी २–० ले पराजित भएको छ । लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउन टोटनह्यामले चेल्सीको सपना चकनाचुर बनाइ दिएको हो ।

लिगअन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी टोटनह्यामसँग २–० ले पराजित हुँदै कीर्तिमान बनाउनबाट चुकेको छ ।

लिगका पछिल्ला १३ खेलमा अपराजित चेल्सीको यो पहिलो हार हो । एकै सिजनमा लगातार १३ खेल जितेर क्लब कीर्तिमान बनाएको चेल्सी प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउनबाट एक जित आवश्यक थियो ।

खेल जितको भए चेल्सीले आर्सनलले बनाएको लगातार १४ खेल जितेको कीर्तिमानसँग बराबरी गर्ने थियो ।

टोटनह्यामका डेल अलीले पहिलो हाफको अन्तिम तथा दोस्रो हाफको नवौं मिनेटमा गरी दुई गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाएपछि चेल्सीको सपना सकिएको हो ।

लिगको अंक तालिकामा चेल्सीको २० खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४४ अंक छ । तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४२ अंक भएको छ । – एजेन्सी