३१ आश्विन २०८३, शनिबार

ओखल्ढुङ्गामा अपाङ्गता भएकाहरूका लागि बास्केटबल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २० पुस । नेपाल पारा ओलम्पिक कमिटी, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ र नेपाल अपाङ्ग टेबलटेनिस संघको संयुक्त आयोजनामा व्हीलचेयर बास्केटबल, क्रिकेट तथा टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि ओखल्ढुङ्गाको रुम्जाटारमा सुरु हुँदैछ ।

फरक क्षमता भएका व्यक्ति (अपाङ्गता)हरुले पनि विभिन्न खेल खेल्न सक्छन् भन्ने जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मध्येको एक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत बास्केटबलमा ४ पुरुष र २ महिला टिम, क्रिकेटमा २ पुरुष टिम तथा टेबलटेनिसमा पुरुष/महिला ८–८ गरी १६ खेलाडीको सहभागिता रहने बताइएको छ ।

पुस २३ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम, संसदीय विकास कोष समिति, हिमाल तराईं यातायात समिति, ओखल्ढुङ्गालगायतको सहयोग रहेको छ ।