काठमाडौं, १९ पुस । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले व्यवस्थापिका संसदभित्र सूर्ती खाएर आफूले गल्ती गरेको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा केसीले आफू बिगत केही दिनदेखिनै अस्वस्थ भएकाले हिजो संसदमा देखिएको दृश्य स्वभाबिक भएको भन्दै गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताए ।
उनले भने– ‘एक्कासि मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन ।’
















प्रतिक्रिया