साउदी अरब । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव युवा नेता प्रदीप पौडेल साउदी अरब आउने भएका छन् ।
यही २० जनवरीमा हुने कांग्रेसको प्रवासी भातृसँगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको प्रथम अधिवेशनलाई सम्बोधन गर्न युवानेता पौडेल साउदी आउने भएका हुन् ।
नेता पौडेलको स्वागत एवं प्रथम अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ब्यापक तयारी भईरहेको व्यवस्थापन उपसमितिका संयोजक अर्जुन थापाले जानकारी दिए । बृहत् कार्यक्रमका बीच अधिबेशन साउदी अरबको राजधानी रियादमा हुने भएको हो ।
संगठनको थप बिस्तार, बिकास र सकृयताका लागि बिशेष भेला मार्फत् पहिलोपटक गर्न लागिएको अधिबेशन ऐतिहासिक साबित हुने समितिका का.बा. सभापति दीपक रेग्मीले बताए । गत २३ सेप्टेम्बर २०१६ का दिन समितिका संरक्षक, पदाधिकारी, क्षेत्रिय सभापति, शुभेच्छुकहरुको विषेश भेलाले अधिवेशनको मिति तय गरेको थियो ।















प्रतिक्रिया