३१ आश्विन २०८३, शनिबार

कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चाका युवा नेताहरूको गोप्य वार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ पुस । संविधान संशोधनको विषयले राजनीतिमा प्रमुख दलका शीर्ष नेताहरूमा तिक्तता बढिरहेका बेला सत्तारुढ र विपक्षी दलका युवा नेताहरू भने बीचको निकास खोज्नका लागि गोप्य तयारीमा जुटेका छन् ।

उच्च स्रोतका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चामा आवद्ध केही दलका युवा नेताहरू राजधानीको एक होटेलमा गोप्य रुपमा परामर्शमा जुटेका हुन् ।

आन्तरिक परामर्शमा रहेका युवा नेताहरूले मुलुकको अहिलेको राजनीतिलाई कसरी अगाडि बढाउन सकिन्छ र आफूहरूको भूमिकाका कसरी देखाउने भन्ने विषयमा अनौपचारिक कुराकानी गरेका हुन् ।

‘यो त्यस्तो कुनै औपचारिक कार्यक्रम होइन’, उच्च स्रोतले भन्यो, ‘युवा नेताहरू जमघट गरौँ भनेकाले हामी युवा नेताहरूले समग्र विषयमा अनौपचारिक कुराकानी गरेका हौँ । यो त्यति ठूलो विषय पनि होइन ।’

एक युवा नेताले भने, ‘अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि नेतृत्वलाई दबाब दिने विषयमा सहमति भएको छ । संविधान संशोधनदेखि सडक र सदनमा देखिएको आन्दोलनलाई पनि सहमतिमा मिलाउन सुझाव दिने छौँ ।’

गोप्य छलफलमा स्वास्थ्यमन्त्री एवम् कांग्रेसका युवा नेता गगनकुमार थापा, कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, एमालेका सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य रविन्द्र अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारी, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल र सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनको सहभागिता रहेको उच्च स्रोतको भनाइ छ ।

सोमबार बेलुका काठमाडौंको एक होटलमा बसेर छलफल गरेका युवा नेताहरू मंगलबार बिहान चिया खाएर बाहिरिएको स्रोतको दाबी छ ।