३१ आश्विन २०८३, शनिबार

फाल्गुनन्द गोल्डकपः सुनसरीको सानदार जीत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १८ पुस । पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा एलेभेन एरोज क्लब सुनसरीले सानदार जीत हाँसिल गरेको छ ।

फिदिम माध्यमिक विद्यालय फिदिमको खेल मैदानमा जारी प्रतियोगितामा सुनसरीले हिमालयन शेर्पा क्लब काठमाण्डौँलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

खेलको अधिकांश समय हिमालयनलाई दबावमा राख्न सफल सुनसरीका लागि नाइजेरियन खेलाडी सामसिङले पहिलो हाफको ३० औँ तथा दोश्रो हाफको २३ औँ मिनेटमा
गोल गरे । यस्तै दोश्रो हाफको ३८ औँ मिनेटमा अर्का नाइजेरियन खेलाडी पिटरले गोल गर्दै आफ्नो टिमको फराकिलो जीतलाई सुनिश्चित गरे ।

हिमालयन शेर्पाले भने खेलमा गोल गर्न पाएका केही मौका समेत गुमायो ।

पहिलो हाफमै पछि परेको हिमालयन शेर्पा दोश्रो हाफमा समेत फर्कन नसक्दा फराकिलो हार व्यहोर्न बाध्य बन्यो ।

सोमवारको खेलको म्यान अफ दि म्याच सुनसरीका नाइजेरियन खेलाडी पिटर घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर र फ्यान्स क्लब विआसी भुटानवीच प्रतिस्पर्धा
हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले वताए ।

यसपाली आयोजक स्पोर्टिङ क्लब पाँचथरले जिल्लाकै खेलाडीहरुलाइ समावेश गरी प्रथमीक्ता दिएको छ ।

भुटान वाई पाएर क्वाटर फाइनल पुगेको हो भने आयोजकले उद्घाटन खेलमा हिम कस्तुरी क्लब सिराहालाई पराजित गरेर क्वाटर फाइनलको यात्रा तय गरेको हो । १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृतिमा सञ्चालित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया तथा उपविजेताले १ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् ।

फोटोः नविन मिश्रबाट ।