३१ आश्विन २०८३, शनिबार

झापाद्वारा कालिङपोङ ७ गोलले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १८ पुस । पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा विर्ता युनाइटेड क्लबझापा–११ ले फराकिलो जीत हासिल गरेको छ ।

शेर फुटवल क्लब कालिङपोङ भारतलाई ७–० को गोल अन्तरले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाकालागि स्टार स्ट्राइकर कर्ण लिम्बूले ४, स्ट्राइकर रञ्जितश्रेष्ठले २ र निशान खड्काले १ गोल गरे ।

खेलको अधिकांश समय कालिङपोङलाई दबावमा राख्न सफल झापाकालागि कर्णले खेल अन्तर्गत पहिलो हाफको १३ औँ, २५ औँ र ३१ औँ मिनेटमा तथा दोश्रो हाफको १३ औँ मिनेटमा गोल गरे ।

निशान श्रेष्ठले पहिलो हाफको २२ औँ र ३५ औँ मिनेटमा गोल गरे । निशान खड्काले कर्णकै पासमा पहिलो हाफको २७ औँ मिनेटमा गोल गरे । आइतवारको खेलको म्यानअफदिम्याच कर्ण लिम्बू घोषित भए ।

प्रतियोगिताअन्तर्गत सोमवार हुने खेलमा हिमालयन शेर्पा क्लब काठमाडौं र एलेभेन एरोज दुहवी सुनसरीवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबकामहा सचिवपासाङ तामाङले जानकारी दिए ।

१६ औँ राष्ट्रिय विभूतिमहागुरु फाल्गुनन्दको स्मृतिमा सञ्चालित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछ । प्रतियोगिता आगामी पुस २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।