काठमाडौं, ७ पुस । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि उपप्रधानमन्त्रीसहित सरकारमा जान तयार भएका छन् ।
‘म अहिले धनगढीमा छु । अनौपचारिक रूपमा कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन’, थापाले भने,‘पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।
गच्छदारले सरकारको आलोचना गर्न थालेपछि पछिल्लो पटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइसकेको स्रोतको भनाई छ । संविधान संशोधन गराउने विषयमा गच्छदारलाई सरकारमा ल्याउने विषयमा मधेसी मोर्चाले सकारात्मक सर्मथन गरेको छ ।














प्रतिक्रिया