३१ आश्विन २०८३, शनिबार

शेर्पा संघ कोरियाद्वारा साँस्कृतिक कार्यक्रमको प्रचार प्रसार तिब्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरिया । शेर्पा संघ दक्षिण कोरिया द्वारा कोरियाको दोङदेमून स्थित बसेको बैठक ले नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपाली हरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्पो लोशार को अवसर पारेर शेर्पा संघ कोरियाद्वारा  ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रमलाई भब्य सफल पार्न नेपालबाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने शेर्पा संघका अध्यक्ष सेर साङबो शेर्पाले बताउनुभयो ।

कार्यक्रममा लोशारको  शुभ कामना आदान प्रदान गर्नुको साथै कोरियामा रहेका नेपाली दाजु भाई दीदी बहिनी हरु को तनाब थकान कम गर्न मनोरंजन होश भन्ने हेतुले गायक लक्पा शेर्पा र स्थानीय कलाकारहरूको बेजोड प्रश्तुतीका साथै डीजे सेसन हुनेछ । कार्यक्रम सौलको  छुंगक याक मा जनवरी 28 तारिक साँझ 6बजे देखि बिहान 6 बजे  सम्म हुनेछ।

शेर्पा संघ ले आपातकालीन राहात कोष स्थापना को लागी अंग्रेजी नयाँ वर्ष जनवरी 1 तारिक मा खोल्ने भनिएको भाग्यशाली बम्पर उपहार योजना कार्यक्रम लाई पनी मिती सारी सलनाल 28 तारिक लोशार कार्यक्रम मा नै खोल्ने अध्यक्ष शेर्पाले बताउनु भयो।

जनवरी 28 तारीको दिन हुने उक्त ग्याल्बो लोशार कार्यक्रम मा सहभागी भई सोभा बढ़ाई दिनु हुनको लागी कोरियामा रहेको सबै नेपालीहरुमा संघले आह्वान गरेको छ ।