३१ आश्विन २०८३, शनिबार

साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै समूह विजेता बन्यो नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बनेको छ ।

भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बनेको हो ।

नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गरिन् ।

शुक्रबारको खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले समूह चरणका सबै खेल जितेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।