– हरिश क्षेत्री
सुनसरी १५ पुस । पूर्वाञ्चलमा यतिबेला सातौं राष्ट्रिय खेलकुद महोत्सवको रौनक नसकिदै नेपाली मार्सलआर्ट बुदोकैदो फुलक्नट्याक्ट संघले पनि आफ्नो सातौं बुदोकैदो राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको छ ।
बुधबारदेखि दुई दिनसम्म चलेको प्रतियोगितामा पाचवटै बिकास क्षेत्रबाट छनोट भएर आएका ५० जना खेलाडीहरुको सहभागीता रहेको बुदोकैदो संघका अध्यक्ष काजीमान श्रेष्ठले बताएका छ्न ।
प्रतियोगितामा पुरुषका ६ वटा तौल समुह रहे पनि महिलाहरुको एउटै मात्र तौल समूह थियो । महिला खुल्ला तौल समुहमा मध्यमाञ्चलकी करुणा उप्रेतीले स्वर्ण जित्दा पश्चिमाञ्चलकी प्रतिमा सुनारले रजत जितिन भने सुदुरपश्चिमाञ्चलकी अस्मिता बुढाले कास्य हात पारेकी थिइन ।
पुरुष खुल्ला तौल समुहमा मध्यमाञ्चलका ईश्वर मगरले स्वर्ण जित्दा पश्चिमाञ्चलका सागर दर्जीले रजत जितेका बेला पुर्वाञ्चलका प्रवेश रसाइलीले कास्य जिते । पुरुष ३५ किलो तौलमा पश्चिमाञ्चलका सुजल महर्जनले स्वर्ण जिते भने मध्यमाञ्चलका रुपेश श्रेष्ठले रजत जित्दा सुदुरपश्चिमाञ्चलका अमन भाटले कास्य हात पारे ।
पुरुष ४० किलो तौल समुहमा पुर्वाञ्चलका राजकुमार लामाले स्वर्ण जिते भने मध्यपश्चिमाञ्चलका अमन सिह भाटले रजत र सुदुरपश्चिमाञ्चलका पुष्कर थापाले कास्य जिते ।
त्यसैगरी ४५ किलोग्राम तौल समुहमा मध्यमाञ्चलका सन्तोष तामाङले स्वर्ण, मध्यपश्चिमाञ्चलका आकाश बोहराले रजत र सुदुरपश्चिमाञ्चलका धिरेन्द्र साउदले कास्य पदक जितेका छन् ।
पुरुष ५० किलो तौलसमुहमा सुदुरपश्चिमाञ्चलका सुमित कुमार रोकायाले स्वर्ण पदक जित्दा मध्यमाञ्चलका सुजन नेपाली र मनोज लामाले क्रमशः रजत र कास्य हातपार्दा पुरुष ५५ किलो तौलमा सुदुरपश्चिमाञ्चलकै योगेन्द्र बोहराले स्वर्ण पदक हात पारे भने मध्यमाञ्चलका सन्तोष घिमिरेले रजत र पश्चिमाञ्चलका सुजन नगरकोटीले कास्य पदक जितेका थिए ।
प्रतियोगितामा मध्यमाञ्चलले ३ स्वर्ण,३ रजत,१ कास्य सहित ७ पदक जित्दै पहिलो भएको छ, भने सुदुरपश्चिमाञ्चलले २ स्वर्ण ४ कास्य सहित ६ पदक जित्दै दोस्रो हुदा पश्चिमाञ्चलले १ स्वर्ण २ रजत १ कास्य गरि ४ पदक जितेर तेस्रो भएको छ ।
त्यसैगरी पुर्वाञ्चलले १ स्वर्ण १ कास्य गरि २ पदक जित्दा मध्यपश्चिमाञ्चल २ रजत पदक जित्दै क्रमशः चौथो र पाचौं भएका छन् ।
बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले मेडल तथा ट्रफी प्रदान गरेका थिए ।

















प्रतिक्रिया