१३ कार्तिक २०८३, शुक्रबार

नेपालको विकासमा चीनले देखायो गम्भीर चासो, १५ अर्ब ७० करोड अनुदान दिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुनःनिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

रसुवागढी – स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वरस्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुनःनिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र चिनियाँ उपमन्त्री झ्याङ सियाङछेनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।