१३ कार्तिक २०८३, शुक्रबार

पूर्वमन्त्री गुप्ताको अपील खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचारको मुद्दामा आफूले सफाइ पाउनुपर्ने भन्दै सर्वोच्चमा गरेको अपील खारेज भएको छ ।

उनको मागलार्इ सर्वोच्च अदालतले अस्वीकार गरेको हो । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, तर्कराज भट्टको संयुक्त इजलासले पूर्वमन्त्री गुप्ताले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

यसभन्दा पहिले विशेष अदालतले गुप्तालाई सफाइ दिएको थियो । सो सफाइविरुद्ध सरकारले पुनरावेदन गरेकोमा सर्वोच्च अदालतले गुप्ताले पदको दुरुपयोग गरी ८४ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।