३१ आश्विन २०८३, शनिबार

नयाँ वर्षको अवसरमा यूएईमा महयात्रा सांस्कृतिक कार्यक्रम हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आबुधाबी । अंग्रेजी नयाँ वर्ष २०१७ को अवस पारेर आगामी जनवरी ६ तारीख शुक्रबार यूएईको आबुधाबीमा मह यात्रा सास्कृतिक कार्यक्रम हुने भएको छ ।

काइट इन्टरटेन्टमेन्टको आयोजनामा नेपालका बहुचर्चित तथा एतिहासिक हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा संचारकर्मी नरेश भट्टराई, गायक राजनराज शिवाकोटी, कलाकार मोहित आचार्य, नरेन्द्र कंसाकार लगायतको प्रस्तुति रहनेछ ।

आबुधाबी नेशनल थिएटरमा हुन लागेको कार्यक्रम ग्रीनलाइन ट्राभल्सको मुख्य प्रायोजनमा हुने भएको हो । आबुधाबीमा रहेको नेशनल थिएटर हलमा हुन लागेको पहिलो नेपाली कार्यक्रम रहेको आयोजकले दाबि गरेका छन ।

मह जोडीको लोकप्रियता र दर्शकहरुको मागलाई मध्यनजर गर्दै दुई हजार भन्दा धेरै सिट संख्या रहेको अत्याधुनिक सुविधा सम्पन्न हलमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमको मुख्य प्रायोजक ग्रीनलाइन ट्राभल्स गु्रपका निर्देशक बालकृष्ण खड्काले बताउनुभयो ।

बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्ने काइट इन्टरटेन्टमेन्टले यसपटक अंग्रेजी वर्षमा नेपालका चर्चित ब्याक्तिको उपस्तिथिमा हुने कार्यक्रम आयोजना गरिएको आयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

मोफसल मिडिया गु्रप अपिसियली मिडिया पाटनर रहेको कार्यक्रम गैर आवासीय नेपाली संघ युएईको सहकार्य हुने भएको हो । आयोजकले मह यात्रा सास्कृतिक कार्यक्रमलाई सफल बनाउन युएईमा कृयासिल सामाजिक संघसंस्था, व्यवसायी, बुद्धिजीवी संचारकर्मी तथा युएईबासी सम्पूर्ण नेपाली समक्ष अनुरोध गरेका छन ।