२९ आश्विन २०८३, बिहिबार

लमजुङमा विहे भोजबाट फर्केको जिप दुर्घटना, एकको मृत्यु, १४ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeep-accident-Lamjung

लमजुङ । लमजुङको बाग्लुङपानी गाउँ विकास समिति वडा नम्बर ५, कपुरगाउँमा विहिवार साँझ यात्रुबाहक जिप दुर्घटना हुँदा एक गर्भवती महिलाको मृत्यु भएको छ ।

जिप दुर्घटनामा परी बाग्लुङपानी गाविस ५, नजरेका २३ बर्षीया दुर्गा गुरुङको मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेर मृत्यु र घाइते भएका सवै एउटै परिवारका आफन्त हुन् ।

मालिङबाट सदरमुकाम वेसीशहर आउँदै गरेको ग १ ज ५५५० नम्बरको जिप कपुरगाउँमा सडकबाट झण्डै ७५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मालिङको विवाह भोजमा सहभागी भएर फर्कने क्रममा जिप दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परि लमजुङको घनपोखरा गाविस ७ की २६ बर्षीया रामकाशी गुरुङ र ३९ बर्षीय निश्चल गुरुङ,रुपन्देही जिल्ला केरापानी गाविस ३ का ५७ बर्षीय पूर्णमाया गुरुङ गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा बाग्लुङपानी ५ नजरेका राजकुमार गुरुङ, विपिन गुरुङ, ध्रुव गुरुङ, वेसीशहर २ का योगिता गुरुङ, सानुमाया गुरुङ, घनपोखरा ७ का कृष्णबहादुर गुरुङ, वडा नम्बर ४ की मिलन गुरुङ, खुदी २ का विवेक गुरुङ र दिप्सन गुरुङ, मालिङ ५ का हरिप्रसाद गुरुङ र चितवनकी मनमाया गुरुङ सख्त घाइते छन् । घाइते सवैको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Jeep-accident-Lamjung1