१३ कार्तिक २०८३, शुक्रबार

स्वतन्त्रता सबैभन्दा ठूलो शक्ति : ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं, १४ पुस । तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सबैभन्दा ठूलो शक्ति तथा शाश्वत सत्य ‘स्वतन्त्रता’ नै रहेको बताएका छन् ।

तमलोपाको ९औं पार्टी स्थापना दिवसका अवसरमा बुधबार बिजुली बजारस्थित कार्यालयमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वतन्त्रता सबैभन्दा ठूलो शक्ति रहेको बताएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

‘आजको सबैभन्दा ठूलो शक्ति कम्युनिज्म वा क्याप्टलिज्म होइन, सबैभन्दा ठूलो शक्ति भनेकै टु बी फ्रि अर्थात् स्वतन्त्रता हो,’ ठाकुरले भने, ‘स्वतन्त्रता नै त्यो शक्ति हो, जसका लागि मानव सभ्यता सुरुवातदेखि नै भएको हो ।’

संविधान संशोधन परिमार्जनसहित पारित नभए आफूहरूको संघर्ष जारी रहने पनि ठाकुरले प्रस्ट पारे । कांग्रेस, एमाले र माओवादीले एक हातमा संविधान र अर्को हातमा बन्दुक लिएर बसेको आरोप लगाउँदै उनले मधेसी, आदिवासी जनजातिलगायतका माग सम्बोधनका लागि आन्दोलनको विकल्प नभएको बताए ।

उनले संविधान संशोधन परिमार्जनसहित पारित गरेर मात्रै निर्वाचनका लागि अघि बढनुपर्ने सुझाव पनि सरकारलाई दिए ।